Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • मौसम अपडेट: मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

    मौसम अपडेट: मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएकाे छ ।

    महाशाखाका अनुसार देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा यस्तो सम्भावना रहेको छ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको महाशाखाले जनाएको छ ।



    हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको छ।



    आगामी तीन दिनको मौसम पूर्वानुमान

    बैशाख २९ गते (सोमबार)

    दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भु-भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

    रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    बैशाख ३० गते (मंगलबार)

    दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

    रातीः देशको पुर्वी भु-भाग लगायत मध्य पहाडि भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थानहरु, मध्य भु-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    बैशाख ३१ गते (बुधबार)

    दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

    रातीः देशको पुर्वी तथा मध्य भु-भाग भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ।

    पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार