Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सिमानामा काँडेतार लगाएर सुरक्षा गर्न विद्यार्थी संगठनको माग

    सिमानामा काँडेतार लगाएर सुरक्षा गर्न विद्यार्थी संगठनको माग

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन सिमानामा काँडेतार लगाएर घेराबार गर्न सरकारसँग माग गरेको छ । आइतबार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले सरकारसँग यस्ताे माग गरेको हाे।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै दुवै संगठनले सिमाना रक्षा गर्न सुरक्षा फौज राख्न र काडेतार लगाई घेराबार गर्न आग्रह गरे। नेकपाको युवा र विद्यार्थी संगठनले तत्काल कुटनीतिक तवरले मिचिएका भूमि फिर्ता गर्न गराउन विशेष पहल गर्न माग समेत गरेको छ ।



    ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्या समाधान गर्न सरकारले कुटनीतिक पहल गरिरहेको बताए।राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले गत मंसिरमा भारतले नेपाली भूमिसमेत समेटेर सार्वजनिक गरेको नक्सा खारेजी र वैशाख २६ गते भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक सञ्चालन रोक्न पनि तत्काल कुटनीतिक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएको थियाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार