Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सीमा विवाद : परराष्ट्रमन्त्री ज्ञवालीलाई नेता रावलकाे चेतावनी

    सीमा विवाद : परराष्ट्रमन्त्री ज्ञवालीलाई नेता रावलकाे चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले निर्माण गरेको सडकको विषयमा छलफलका लागि डाकिएको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेता एवम् सांसद भीम रावल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीबीच चर्काचर्की भएको छ ।

    बैठकको सुरुमै परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको धारणा राख्दै शनिबार परराष्ट्र मन्त्रालयले भारतीय कदमलाई खेदजनक भनेको विज्ञप्ति पढेर सुनाए भने सुगौली सन्धियता भारतीय पक्षले सीमा सार्ने काम गरेकाले त्यसलाई सच्याउन सरकार तयार रहेको बताएका थिए।



    तर, नेकपापाका नेता रावल भने परराष्ट्रमन्त्रीमाथि खनिए । परराष्ट्र मन्त्रालयको आलोचना गर्दै उनले भने–‘परराष्ट्र मन्त्रालयले जारी भएको विज्ञप्तिमा कसैको पनि हस्ताक्षर छैन । वेवारिसे वक्तव्य जारी गरियो। हस्ताक्षर छैन।’



    समितिका सभापति पवित्रा निरौला खरेलले सांसदहरूलाई छोटो धारणा राख्न आग्रह गर्दा पनि सांसद रावलले संसदका लागि सार्वभौमसत्ता भन्दा ठूलो विषय के हुन्छ ? बाल्न पाउनु पर्छ भन्दै प्रतिवाद गरेका थिए ।

    समितिका सबै सांसदले बोल्न समय लिए पनि सभापति खरेलले सांसदहरूलाई रोक्दै समयको अभाव देखाउँदै मन्त्री ज्ञवालीलाई बोल्न समय दिएपछि बैठकमा चर्काचर्की नै भएको थियो ।

    त्यसपछि रावलले सोमबारका लागि बैठक राख्न माग गरे । तर, सभापति खरेलले मन्त्रीले धारणा राख्ने क्रममा समय तोकिने बताएइन् । त्यसलगत्तै रावल ‘बैठक तपाईंले तोक्ने हो। मन्त्रीको के काम ? देशलाई चोट लागेको बेला यहाँ भन्दा महत्वपूर्ण कुरा के हुनसक्छ।’ भन्दै कड्किए ।

    त्यसपछि मन्त्री ज्ञवालीले भने–‘मन्त्रीको इन्टिग्रिटीमा प्रश्न नगरौं । मन्त्रीको के काम छ भन्ने ?’

    बैठकमा सांसदहरुले यसअघि समितिले लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न दिइएको समितिको निर्देशन कार्यान्वयन नभएको र सरकारले वक्तव्यमात्र जारी गरेर समस्याको समाधान नहुने विचार राखेका थिए ।

    समितिको आगामी बैठक सोमबार बिहान साढे ८ बजेका लागि तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार