Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आईएमएसद्वारा चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण

    आईएमएसद्वारा चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । आईएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण गरेका छन् ।

    मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् । मलहोत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क बिभिन्न अस्पताल, सुरक्षा निकाय, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निशुल्क वितरण गर्दै आईरहेका छन् ।



    माक्स वितरणपछि अध्यक्ष मल्होत्राले भने–‘कोरोना भाइरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर बिरामीको उपचार गरिरहेका चिकित्सक साथीहरुलाई संघमै आएर मास्क वितरण गर्न पाएकोमा खुशी छु ।’



    भोलिका दिनमा पनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडी बढ्ने जनाउँदै अध्यक्ष मल्होत्राले अहिलेको महामारीमा संघलाई अन्य थप सहयोग पनि गर्ने प्रतिबद्दता व्यक्त गरे ।

    कोरोना भाइरस (कोभिड–१९) फैलिन सक्ने त्रासका बीच मास्क अभाव भईरहेका बेला मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशको लागि धेरै राम्रो काम र ठूलो सहयोग गरेको चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।

    मलहोत्राले अहिले ब्याबसाय गर्न भन्दा पनि सामाजिक कामका लागि मास्क कम्पनि सञ्चालनमा ल्याएको बताए । उनले आफ्नो कम्पनीले १ दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने र शुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटल लगाएतका क्षेत्रमा वितरण गरिदै आएको बताए ।

    उनले अबको केहि दिनबाट मास्कको सर्टेज नहुने समेत दाबि गरे । आफूहरुले उत्पादन गरेको सर्जिकल मास्क बजारमा समेत उपलब्ध रहेको उनले बताए । आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य भएको उनको दावी थियो । ‘बजारमा छ्यापछ्याप्ती मास्क उपलब्ध हुँदैछ अब मास्क नपाएर आत्तिनु पर्दैन’ मल्होत्राले भने । उक्त मास्क न्युनमूल्यमा पाइने समेत मल्होत्राले बताए ।

    यस्तो बेला जनता र सरकारलाई सहयोग गर्न पनि नाफा नखाने उनले बताए । चेम्बरले केही समय अघि कोरोना भाइरस नियन्त्रण सम्बन्धी बनाएको सहजीकरण समितिको संयोजक समेत रहेका मल्होत्रा अहिलेको लकडाउनको समयमा पनि दैनिक मास्क वितरण गर्नमै व्यस्त रहेका छन् ।

    मल्होत्राले अहिलेको महामारीमा घरमै बसी सरकारले लागु गरेको लकडाउन पालना गरिदिन समेत सबैलाई आग्रह गर्दै आफु सुरक्षित हुदैँ समाजलाई समेत कोरोनाबाट सुरक्षित राख्न अनुरोध समेत गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार