Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • माइतीघरबाट ५ वरिष्ठ अधिवक्ता पक्राउ

    माइतीघरबाट ५ वरिष्ठ अधिवक्ता पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । माइतीघरबाट ५ वरिष्ठ अधिवक्ता पक्राउ परेका छन्। भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बाटो बनाएको विरोधमा माइतीघरमा आइतबार दिउँसो प्रदर्शनका लागि भेला भएकाे अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा वरिष्ठ अधिवक्ताहरु बालकृष्ण न्यौपाने, बोर्णबहादुर कार्की, डा. नारायण घिमिरे, दिनेश त्रिपाठी र डा. सुरेन्द्र भण्डारी रहेका छन्।



    भारतले नेपाली भूमिमा बाटो बनाएको सरकारलाई थाहा भएपनि थाहा नपाएजस्तो स्वाङ्ग पारेकाले स्वतन्त्र रुपमा कानुन व्यवसायीको समूह बनाएर आफूहरुले विरोध उत्रेकाे उनीहरूकाे भनाइ छ। भारतले बाटो बनाएको क्षेत्र नेपाली भूमि रहेकोमा कुनै शंका नरहेको र यो विवाद तत्काल अन्तर्राष्ट्रिय कानुनअनुसार कूतनीतिक छलफलबाट टुंग्याउनुपर्ने उनीहरुको माग छ।



    भारतले धार्चुला हुँदै नेपाली भूमि लिपुलेक–कालापानीको जमिनसमेत प्रयोग गरी सन् २००८ देखि नै बाटो बनाएको र १२ वर्षको अवधिमा पनि नेपाल सरकारले थाहा नपाएजस्तो गरेकाले अन्तर्राष्ट्रिय कानुनअनुसार सीमा विवाद मिलाउनुपर्ने मागसहित आफूहरु विरोधमा उत्रिएको वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार