Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रेमीले अश्लील भिडियो पठाए आफन्तलाई, युवतीले गरिन् आत्महत्या

    प्रेमीले अश्लील भिडियो पठाए आफन्तलाई, युवतीले गरिन् आत्महत्या

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । प्रेमीले सामाजिक सञ्जाल फेसबुकमा अश्लील भिडियो राखेपछि युवतीले आत्महत्या गरेकी छिन्। फेसबुकमा अश्लील भिडियो राखेर आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका-७ का २३ वर्षीय सन्तराम चौधरीलाइ पक्राउ समेत गरेकाे छ।

    चौधरीले कैलालीको गौरीगंगा नगरपालिकाकी एक युवतीकाे म्यासेन्जरबाट उनका आफन्त तथा साथीहरुलाई अश्लील भिडियो र फोटा पठाइ आत्महत्या गर्न बाध्य बनाएको प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ।



    अनुसन्धानकाे क्रममा प्रेम सम्बन्धमा दरार आएपछि चौधरीले ती युवतीको फेसबुकमार्फत् नै अश्लील भिडियो र फोटाहरु पठाएको तथ्य बाहिर अाएकाे छ। श्लील भिडियो र फोटा आफन्तलाई पठाइएपछि मानसिक तनावमा रहेकी युवतीले कैलाली धनगढी उपमहानगरपालिका–६ जालीस्थित सुकुटी नालामा झुण्डी आत्महत्या गरेकी थिइन्।



    चौधरीलाई उक्त अश्लील भिडियो, फोटा, र फेसबुक आईडी लगईन अवस्थामा फेलापारी सो मोबाईल बरामद गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार