Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • उत्तरी सिक्किममा भारतीय सेनामाथि चिनियाँ सेनाको हमला, ११ जना घाइते

    उत्तरी सिक्किममा भारतीय सेनामाथि चिनियाँ सेनाको हमला, ११ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 5.2K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं। नेपालमा भारतले सीमा मिचेर सडक बनाएको खबर आइरहेको बेला उत्तरी  सिक्किमको नाकु ल सेक्टरमा भारतीय र चिनियाँ सेनाबीच झडपमा भएको छ।

    भारतीय संचारमाध्यमका अनुसार झडपमा ७ चिनियाँ र ४ भारतीय सेना घाइते भएका छन्।



    सामान्य विवादमा दुवै पक्ष आक्रमक भएपछि झडप भएको बताइएको छ। चिनियाँसेनाले पहिला आक्रमण गरेपछि भारतीय सेनाले प्रतिकार गरेको वताइएको छ। तर आपसमा झडप मिलाइएको पनि समाचारमा उल्लेख छ।



    भारत र चिनियाँ सेनाबीच सीमामा समयसमयमा यस्ता झडप हुने गरेका छन्। भारत र चीनबीच लामो समययता सीमालाई लिएर विवाद चल्दै आएको छ।

    यसअघी  सन २०१७ मा भारत र चीनबीच डोकलाममा दुई दिनसम्म तनाब भएको थियो। दिनसम्म चल्यो।

    भारतीय सेनाले त्यहाँ चिनियाँ सेनालाई सडक बनाउनबाट रोकेको थियो। चीनले दावी गर्‍यो कि उसले आफ्नो क्षेत्रमा सडक निर्माण गरिरहेको छ।

    भारतको यस क्षेत्रको नाम डोका ला हो, जबकि भुटानमा यसलाई डोकलाम भनिन्छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार