Online Nepal
  • सोमबार, ९ असार २०८२
  • चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाई, भिसाबारे नयाँ नियम

    चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाई, भिसाबारे नयाँ नियम

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । अमेरिका चिनियाँ पत्रकारलाई भिसा दिन कडाई गर्न थालेको छ । चीनले कोरोना भाइरसको महामारी फैलाएको आरोप लगाउदै आएको अमेरिले चिनियाँ पत्रकारलाई भिसाका लागि विभिन्न नयाँ नियम बनाएकाे छ।

    चिनियाँ पत्रकारहरुका लागि जटिल बनाइएको भिसाको नयाँ नियमले उनीहरुलाई अमेरिका प्रवेश गर्न गाह्रो हुने रोयटर्सले जनाएको छ । भिसा पाउन के/कस्ता नयाँ नियम थपिएको छ भन्नेबारे केही खुलाइएको छैन ।



    यसअघि चीनले अमेरिकाबाट प्रकाशित हुने तीन वटा पत्रिकाका पत्रकारलाई देश निकाला गरेपछि त्यसैको जवाफस्वरुप अमेरिकाले कडाई गरेको हुन सक्ने आकलन भएका छन् ।
    गत मार्चमा चीनले तीन जना पत्रकारलाई देशनिकाला गरे लगत्तै अमेरिकाले पनि चीनका पाँच सरकारी सञ्चारमाध्यका पत्रकारलाई सीमित क्षेत्रमा मात्र पहुँच दिने निर्णय गरेको थियो ।

    अमेरिका र चीनबीच कोरोना भाइरसको विषयमा विवाद भइरहेका समयमा अमेरिकाले चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाइ गरेको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार