Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काेराेनाकाे कहर: सदरमुकाम पनि त्रास र जोखिममा

    काेराेनाकाे कहर: सदरमुकाम पनि त्रास र जोखिममा

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 1.5K
    SHARES

    उदयपुर । संक्रमित क्षेत्र सदरमुकाम गाईघाटदेखि तीन किलोमिटर पर दूरीमा छ। आउजाउका हिसाबले नजिकको बस्ती रहेको र बजार क्षेत्रमा मस्जिद रहेकाले गाईघाटबासीमा त्रास फैलिएको छ।

    संक्रमित एकै घरका तीन व्यक्ति सदरमुकाम गाईघाट बजारको मुख्यचौकका व्यापारी रहेको र अधिकांश तरकारी, दूध संक्रमित बस्तीबाट आउने गरेकाले गाईघाट बजारमा त्रास मात्र छैन जोखिम पनि उत्तिकै छ। स्थानीयमा तरकारी र दूध बिक्री गर्दा सरेको हुन सक्ने भन्दै आशंका उत्पन्न भएको छ।



    बजार क्षेत्रभित्रै मस्जिद रहेकाले त्यहाँसमेत आउजाउ भएकाले अझ बजारबासी त्रसित भएका हुन्। त्यति मात्र हैन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५५ वर्षीया महिलामा पनि संक्रमण रहेका पुष्टि गरेपछि थप सन्त्रास फैलिएको हो। उनी मास्क बनाएर बिक्री गर्छिन्। उनका श्रीमान् टेलर्स सञ्चालक हुन्। उनले भुल्के सामुदायिक वन उपभोक्ता समूहको अर्डरमा ८ सय २० थान मास्क बनाएर करिब ४ सय घरपरिवारमा बाँडेका थिए।



    मास्क सिलाएर बाँड्नेका दम्पती नै संक्रमित रहेको थाहा पाएपछि मास्क लगाउने घरधुरीका सबै परिवार त्रसित छन्। ‘मास्क मुस्लिम बस्ती र बाहिरका पनि धेरैलाई बाँडिएको थियो,’ स्थानीय शम्भु थापाले भने,’ सामुदायिक वन उपभोक्ता समूहले तिनैलाई दिएको रहेछ, उनैले सबै मास्क अर्का एक जना सहयोगी राखेर तयार गरेका थिए।’ त्यति मात्र हैन, संक्रमित अर्का एक व्यक्ति गाईघाट बजारमा अटोरिक्सा चलाउँथे। प्रहरीले गरेको अनुसन्धानमा उनीहरूको सामीप्य गाईघाट बजारबासीमा समेत रहेको देखिएको छ। अन्नपुर्ण

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार