Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • भुल्केका स्थानीयद्वारा थप स्वाब परीक्षणको माग

    भुल्केका स्थानीयद्वारा थप स्वाब परीक्षणको माग

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडाैँ। उदयपुरकाे भुल्के बस्तीमा कोरोना संक्रमण बढ्दै जान थालेपछि स्थानीयले स्वाब परीक्षणलाई गति दिन आग्रह गरेका छन्। बस्तीमा रहेका ३ सय १५ परिवारका एक हजार पाँच सय जनामै स्वाब परीक्षण गरिदिन आग्रह गरेका छन्।

    आधाजसो मानिसको स्वाब परीक्षण गर्न बाँकी नै रहेकाले तत्काल परीक्षण गरी त्रासमुक्त वातावरण बनाइदिन उनीहरूले आग्रह गरेका हुन्। स्थानीय राजन राउतले भने, ‘एउटै बस्ती भएकाले हिजो आउजाउ, विभिन्न सामान ओसारपसारमा प्रत्यक्ष रूपमा सबैको संलग्नता रहेकाले सबैको परीक्षण हुनुपर्छ।’



    आफ्नो शरीरमा कोरोना छ कि भन्ने सबैमा त्रास भएको स्थानीय पवित्रा गिरीले बताइन्। उनले भनिन्, ‘त्रासले ज्यान जाने बेला भइसक्यो त्यसैले यसबाट मुक्ति पाउन पनि परीक्षण गर्नै पर्ने भयो।’ उनले जे–जस्तो भए पनि नतिजालाई स्विकार्न र सावधानी अपनाउन स्थानीय तयार रहेकाले स्वाब संकलनलाई फराकिलो बनाइदिन आग्रह गरिन्।

    ३१ मध्ये १४ उपचारपछि फर्किए

    कोरोना संक्रमित ३१ जनामध्ये १४ जना उपचारपछि फर्किएका छन्। भारतबाट आएका १२ जना जमाती र विराटनगरका ४ जनामा कोरोनो पुष्टि भएसँगै फैलिएको संक्रमण २८ जनामा पुगेर दुई सातायता स्थिर बनेको थियो।

    वैशाख ५ गतेबाट सुरु भएको संक्रमणले शनिबारसम्म आइपुग्दा ३१ जना पुगिसकेको छ। संक्रमण देखापरेसँगै उपचारका लागि लगिएकामध्ये १४ जना सामान्य उपचारपछि फर्किएका छन्। पहिलो चरणमा ६ जना र दोस्रो चरणमा ८ जना गरी १४ जना उपचारपछि फर्किएका हुन्।

    उनीहरूमध्ये एक जना महिलालाई उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडा र अन्य सबैलाई रानी मस्जिदको क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रजिअ पहाडीले बताए। अन्नपुर्ण पाेष्टबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार