Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • लिपुलेक प्रकरण: सूचनाका लागि भारतकै भर

    लिपुलेक प्रकरण: सूचनाका लागि भारतकै भर

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडाैँ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले व्यास क्षेत्रमा नेपाली पक्षको उपस्थिति नहुँदा भारतले यस्ता गतिविधि गरिरहेको भनेर जानकारी केन्द्रमा दिँदै आएको बताए ।

    व्यास क्षेत्रमा ६ महिना मात्र प्रहरीको उपस्थिति हुनाले बाँकी ६ महिनामा सीमा क्षेत्रमा हुने गतिविधि समयमै जानकारीमा आउँदैन । ‘अहिलेको अवस्थाबारे सञ्चार माध्यममा समाचार आएपछि मात्र जानकारी भएको हो,’ प्रजिअ पौडेलले भने, ‘यस विषयमा बुझ्न पनि हाम्रो संयन्त्र त्यस क्षेत्रमा छैन । यसका लागि भारत धार्चुलाका उपजिल्लाधिकारीमार्फत बुझेर माथिल्लो निकायमा जानकारी गराउनुपरेको छ ।’



    प्रजिअ पौडेलका अनुसार धार्चुलाका उपजिल्लाधिकारीको कार्यालयले धार्चुला क्षेत्रबाट ९८ किलोमिटर लिपुलेक–मानसरोवर मार्ग उद्घाटन गरिएको जानकारी दिएको छ । त्यसमध्ये चीन सीमाक्षेत्र जोड्ने ११ किलोमिटर सडक निर्माण गर्न बाँकी छ । ‘गुन्जीदेखिमाथि २०/२२ किलोमिटर क्षेत्रमा हाम्रो भूमि प्रयोग गरेर सडक बनाएको बुझिएको छ,’ प्रजिअ पौडेलले भने ।

    व्यासका दुई प्रहरी चौकी अहिले दुम्लिङमा रहेको र तिनलाई माथि लैजानका लागि हेलिकप्टरको व्यवस्था गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको प्रजिअ पौडेलले बताए । उनले छाङरुमा सशस्त्र प्रहरीको बोर्डर अब्जरभर पोस्ट (बीओपी) तत्काल राख्नुपर्नेमा जोड दिए । ‘बीओपी राख्ने निर्णय केन्द्रमा भइसकेको छ । सीमा क्षेत्रमा राज्यको उपस्थिति गराउन भाडाकै घर प्रयोग गरेर भए पनि सशस्त्र प्रहरी तत्काल पुर्‍याउन अतिआवश्यक देखिन्छ,’ उनले भने, ‘यसका लागि स्थानीयस्तरमा तयारी गर्न सकिन्छ भनेर माथिल्लोस्तरमा प्रक्रिया बढाउन मन्त्रालयलाई अनुरोध गरिएको छ ।’ कान्तिपुर दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार