काठमाडौं – चीनबाट सुरू भइ विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट भारतमा मृत्यु हुनेको संख्या २ हजार १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ११६ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ११३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ ।
उपचार गराइरहेका ४१ हजार ४०४ जनामध्ये १९ हजार ३०१ जना निको भएका छन् । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतले मार्च २४ देखि लकडाउन जारी राखेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।
यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।
Leave a Reply