Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतीय हस्तक्षेपबिरुद्द रमेश खरेलको आक्रोश

    भारतीय हस्तक्षेपबिरुद्द रमेश खरेलको आक्रोश

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। भारतले लिपुलेक, कालापानी क्षेत्रमा अतिक्रमण गरी सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै हाम्रो नेपाल सुशासन अभियानका संयोजक तथा पूर्व डिआईजी रमेश खरेलले बिरोध जनाउँदै भत्संना गरेका छन्।

    कोरोना भाईरसको संक्रमणबाट जुधिरहेको र बन्दाबन्दी ( लकडाऊन ) को यो विषम अवस्थामा भारतीय रक्षामन्त्रीले लिपुलेक हुदै कैलाश मानसरोबर जाने बाटो उद्घघाटन गरेको भन्दै उनले बिरोध जनाएका हुन।



    हाम्रो नेपाल सुशासन अभियानको विज्ञप्तिमा भनिएको छ- ‘नेपालको सिमा अतिक्रमण गरी भारतले नंया नक्शा जारी गरेको विषय ६ महिना अघि थाहा भै जनस्तरबाट समेत ब्यापक बिरोध र आक्रोस ब्यक्त भैसकेको अवस्थामा थप यो घटना अगाडि आउनुले हामीलाई चिन्तित र आक्रोसीत पनि तुल्याएको छ । हामी यो कार्यको घोर भत्संना गर्दछौ ।



    यस विषयमा नेपाल सरकारले अविलम्ब कुट्नैतिक तवरबाट र अति उच्चस्तरबाट समेत प्रत्यक्ष संम्बाद गरी वास्तबिक स्थितिको जानकारी गरोस र नेपालको भुभाग अतिक्रमण गर्ने र बलजफ्ती गर्ने कार्य रोकियोस । देशको अस्मिता जोगाईयोस ।

    अर्को संन्दर्भ उत्तरको छिमेकी राष्ट्र चीनका नागरीकहरुले लकडाऊन उल्लघन गर्दै सिंहदरबार अगाडी प्रहरी माथी आक्रमण गर्ने सम्मको जुन हर्कत गरे त्यसको उद्देश्य र घटनाको यथार्थता के हो ? यो नंया प्रकारको , अच्चम्म लाग्दो र भत्संना योग्य कुक्रूत्यको अध्ययन – विश्लेषण भै यथांर्थता जनसक्ष आवोस र दोषिमाथि कानुन बमोजीम कारबाही होस भन्ने माग समेत गर्दछौ ।

    छिमेकी राष्ट्रहरुबाट नेपाल र नेपाली जनता पिडितहुने अवस्थाहरुको अन्त्य हुनु पर्छ र राष्ट्र स्वाभीमान , असंलग्न , संप्रभुता र स्वतन्त्र रुपमा बांच्न र अघि बडने अवस्थाको प्रात्याभुति सरकारद्वारा गराईनु पर्छ भन्ने तर्फ समेत हामी ध्यानाकषंण गराऊन चाहन्छौ ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार