Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काठमाडौं उपत्यकमा लकडाउन खुकुलाे, सवारीसाधन चलाउन ‘टाइम कार्ड’

    काठमाडौं उपत्यकमा लकडाउन खुकुलाे, सवारीसाधन चलाउन ‘टाइम कार्ड’

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 3.5K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । सरकारले लकडाउन केही खुकुलो गर्दै सशर्त बैंक तथा उद्योग व्यवसाय खोल्न दिने निर्णय गरेसँगै सो सँग सम्बन्धित यातायात तथा सवारी साधनको आवागमनलाई प्रहरी र स्थानीय प्रशासनले सहजीकरण गर्ने भएका छन् ।

    कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकमा सवारी साधन चलाउन ‘टाइम कार्ड’ लागु गर्ने भएको छ । आईतवारदेखि सरकारी कार्यालयका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय प्रवेश गरिसक्नुपर्ने र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर र्फकने समय तोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले वताए ।



    त्यसैगरी खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ भने निमाण सामाग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र विहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन ।



    उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध चल्न दिने तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

    सरकारले गरेको निर्णय र निर्देशन अनुसार विकास निर्माणका कामलाई सहजीकरण गर्दै अन्य गतिविधिलाई भने पूर्ण रोक्ने गरी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार