Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लिपुलेक प्रकरण

    अन्तत: २ संसदीय समितिले डाके बैठक, गृह र परराष्ट्रमन्त्री उपस्थित हुने

    अन्तत: २ संसदीय समितिले डाके बैठक, गृह र परराष्ट्रमन्त्री उपस्थित हुने

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवर जाने बाटो बनाएको विरोधमा सडकदेखि सदनमा वहस सुरू भएकाे छ। साेही क्रममा यस विषयमा संघीय संसदका संसदीय समितिहरुले समेत चासो व्यक्त गरेका छन् ।

    यस विषयमा छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतका राज्यव्यवस्था तथा सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बैठक आह्वान गरेका छन् । बैठकमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारी अधिकारीलाई छलफलका लागि बोलाइएको छ । दुवै समितिले आइतबार बिहान साढे ८ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।



    यसअघि आजै परराष्ट्रमन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएपछि नेपालले त्यसको विरोध गरेको छ। परराष्ट्र मन्त्रालयले शनिबार अपराह्न एक विज्ञप्ति जारी गर्दै भारतीय कदमको विरोध गर्दै घटनालाई दुखपूर्ण भनेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार