Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लिपुलेक प्रकरण: भारतकाे दादागिरीविरूद्द राष्ट्रसंघमा जान सुझाव

    लिपुलेक प्रकरण: भारतकाे दादागिरीविरूद्द राष्ट्रसंघमा जान सुझाव

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको मिचाहा प्रवृत्तिविरुद्ध संयुक्त राष्ट्रसंघमा जान सुझाएका छन्। उनले भारतकाे यस्ताे रवैयाकाे विराेध गर्दै सरकारलाइ संयुक्त राष्ट्रसंघमा गएर आवाज उठाउनुपर्ने बताए।

    उनले समाजिक सञ्जाल मार्फत सरकारकाे ध्यानाकर्षण गराउँदै यस विषयमा तत्काल कुनै ठाेस निर्णय लिन आग्रह गरे।



    ‘नेपाली भूमि अतिक्रमण गरेर बाटो बनाउने भारतीय मिचाहा प्रवृत्तिविरुद्ध सरकारको वक्तव्य सहि छ’, थापाले ट्वीटमा लेखेका छन, ‘सो भावना अनुरुप भारत सरकारलाई विरोधपत्र पठाउन, भारतीय राजदूतलाई बोलाई विरोध जनाउन र राष्ट्रिय सहमति कायम गरेर राष्ट्रसंघमा आवाज उठाउनेलगायत अन्य कदम चाल्न सरकारसंग आग्रह गर्दछु।’



    लिपुलेकमा नेपालीभूमी अतिक्रमण गरेर भारतले बाटो बनाएकोप्रति विरोध जनाउँदै उनले भारतको मिचाहा प्रवृत्तिविरुद्ध सरकारले सार्वजनिक गरेको विज्ञप्ति सहि भएको बताए। उनले ट्वीटरमार्फत यस विषयमा भारतीय राजदूतलाई बोलाएर विरोध जनाउनसमेत माग गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार