Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • भारतीय हस्तक्षेपविरूद्द तरूण दलले पनि जनायाे विराेध

    भारतीय हस्तक्षेपविरूद्द तरूण दलले पनि जनायाे विराेध

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । भारत सरकारले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी मानसरोबर यात्रा गर्ने सडक खनेपछि त्यसको सडकदेखि सदनसम्म व्यापक रूपमा विराेध सुरू भएकाे छ। साेही क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकाे भातृ संगठन तरूण दलले पनि विराेध जनाएकाे छ।

    तरूण दलका अध्यक्ष जीतजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै भारत सरकारकाे यस्ताे रवैयाकाे विराेध गरेका छन्।



    भारतले शुक्रबार नेपालको भुमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको कुराले हामी नेपाली नागरिकको आत्मामा गहिरो चोट पु¥याएको जारी विज्ञप्तिमा उल्लेख छ।



    विज्ञप्तिमा भनिएकाे छ,’यसरी हाम्रो भुमि माथिको हस्तक्षेपको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ । कुनै पनि मुलुकको सीमा रक्षा गर्नु त्यस देशको सरकारको मुख्य कर्तव्य हो तर विडम्बना यतिका समय बितिसक्दा यस्तो संवेदनशील विषयमा नेपाल सरकारले कुनै पनि कुटनैतिक पहल नगर्नु र आधिकारिक धारणा समेत व्यक्त नगर्नुले सरकारको चरित्र उदांगो भएको छ । सरकारको यस्तो प्रकारको लाचार शैली प्रति खेद प्रकट गर्दै देशको सीमा रक्षाको निम्ति यथासिग्र उचित कदम चालि नेपाली भूमिको रक्षा गर्नका लागि नेपाल तरुण दल सरकारको ध्यानाकर्षण गराउँदछ ।’

    प्रेस विज्ञप्ति

    आदरणीय देश विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरु नेपाल एक सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो भन्ने कुरा यहाँहरु सबैलाई अवगत नै छ । कुनै पनि सार्वभौमसत्ता सम्पन्न राष्ट्र माथि अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप त्यस देशका नागरिकहरुलाई सहिय हुदैन । देश माथि यस प्रकारका गतिविधि जहिले जहिले हुन्छन हरेक पटक नेपाल तरुण दलले सरकारलाई सुसूचित र ध्यानाकर्षण गराउदै आएको छ । यसै अन्र्तगत भारतले गत शुक्रबार नेपालको भुमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको कुराले हामी नेपाली नागरिकको आत्मामा गहिरो चोट पु¥याएको छ । यसरी हाम्रो भुमि माथिको हस्तक्षेपको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ । कुनै पनि मुलुकको सिमा रक्षा गर्नु त्यस देशको सरकारको मुख्य कर्तव्य हो तर विडम्बना यतिका समय बितिसक्दा यस्तो संवेदनशील विषयमा नेपाल सरकारले कुनै पनि कुटनैतिक पहल नगर्नु र आधिकारिक धारणा समेत व्यक्त नगर्नुले सरकारको चरित्र उदांगो भएको छ । सरकारको यस्तो प्रकारको लाचार शैली प्रति खेद प्रकट गर्दै देशको सिमा रक्षाको निम्ति यथासिग्र उचित कदम चालि नेपाल भुमिको रक्षा गर्नका लागि नेपाल तरुण दल सरकारको ध्यानाकर्षण गराउँदछ ।

    जय नेपाल ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार