Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काठमाडाैँमा ‘ब्याक अफ ईण्डिया’ नारा लगाउँदै विरोधमा उत्रिएका नेता/कार्यकर्ता पक्राउ

    काठमाडाैँमा ‘ब्याक अफ ईण्डिया’ नारा लगाउँदै विरोधमा उत्रिएका नेता/कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ परेको छ । सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेको थियो ।

    भारतले नेपालका भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित् भारतीय दूतावासअघि विरोध प्रर्दशन गर्न हिँडेका विद्यार्थीहरुलाई लैनचोर नपुग्दै उत्तरढोका अघिबाट प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको विद्यार्थी नेता सुदेश पराजुलीले जानकारी दिए । विद्यार्थीहरुले प्रहरीले धरपकड गरेको भन्दै प्रहरी दमन मुर्दावादको नारा लगाएका थिए । उनीहरुले भारतीय सेना मुर्दावादको पनि नारा लगाएका थिए । भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैंले समेत विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक बनाएर शुक्रबार उद्घाटन गरेपछि उनीहरुले विरोध गरेका हुन् । विद्यार्थीहरुले ब्याक अफ ईण्डिया भन्दै चर्को नारा लगाएका थिए ।



    भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार