Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • गगन थापाकाे प्रश्न: ‘नेपाली भूमिमा सडक निर्माण गरेको थाहा नपाउने कस्तो राज्यसंयन्त्र ?’

    गगन थापाकाे प्रश्न: ‘नेपाली भूमिमा सडक निर्माण गरेको थाहा नपाउने कस्तो राज्यसंयन्त्र ?’

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  कोरोना महामारीका बेला भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि त्यसको ब्यापक बिरोध सुरू भएकाे छ। लकडाउनको बेला भारतले नेपाली भूमि मिचेकोमा नेपाल सरकारको मौनतालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गर्वाधार लिपुलेक सडकको शुक्रबार उद्घाटन गरेका थिए । त्यसलगत्तै नेपालमा सत्तारुढ दल, प्रतिपक्षी र सर्वसाधारणले विरोध, प्रदर्शन र कडा शब्दमा भत्सर्ना गरिरहेका छन्।



    साेही क्रममा पूर्वस्वास्थ्य मन्त्री एवम् नेपाली काँग्रेसका नेता गगन थापाले समाजिक सञ्जाल मार्फत हाम्रो भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय राज्यसंयन्त्रबाट थाहा पाउने हाम्रो कस्तो राज्यसंयन्त्र हो भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग प्रश्न गरेका छन् ।



    ट्वीट गर्दै उनले भने,’नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम हो यो । अब पनि जानकारी मागेर मात्रै बस्ने कि यो अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने ?’

    यसैबीच, नेपाल सरकारले उक्त सडक निर्माण बारे विभिन्न सञ्चारमाध्यामबाट जानकारी पाएको र यथार्थ बुझ्नका लागि भारतस्थित नेपाली दूतावासलाई भनेको प्रतिक्रिया दिएपछि त झन त्यसको चर्को विरोध भइरहेको छ ।

    https://www.facebook.com/thapagk/posts/3066120496765175

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार