Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पर्साका ६२ वर्षीय कोरोना संक्रमित पुरुष किराना पसले रहेका खुलासा

    पर्साका ६२ वर्षीय कोरोना संक्रमित पुरुष किराना पसले रहेका खुलासा

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 2.4K
    SHARES

    वीरगञ्ज । कोरोना संक्रमित पर्साका ६२ वर्षीय पुरुष किराना पसल सन्चालक रहेको खुलेको छ । उनी यसअघि भेटिएका संक्रमित परिवारका सदस्यको सम्पर्कमा रहेको बताएको छ ।

    कोरोना पुष्टि भएलगत्तै उनलाई नारायणी कोभिड अस्पतालको आइसोलेसनमा राखिएको छ । नयाँ संक्रमितको सोही टोलमा किराना पसल थियो । कन्ट्याक्ट ट्रेसिङको क्रममा उनको पनि बिहीबार थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो । शनिबार बिहान उनमा कोरोना पोजेटिभ देखिएको हाे ।



    उनी यसअघिको संक्रमित परिवारको ६६ वर्षीय पुरुषको सम्पर्कमा रहेको तथ्य खुलेकोहो।



    त्यसअघि बैशाख २१ गते आइतबार वीरगञ्ज–३ छपकैयाका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । पछि उनको परिवार, ससुराली लगायत सम्पर्कमा आएका ३२ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गराउँदा परिवारका अन्य १७ सदस्यमा संक्रमण पुष्टि भयो । त्यस्तै छपकैयामा यसअघि एकै परिवारका १८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार