Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कपिलवस्तुमा थप फेला परेका काेराेना संक्रमित कहाँबाट आएका थिए ?

    कपिलवस्तुमा थप फेला परेका काेराेना संक्रमित कहाँबाट आएका थिए ?

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 2.2K
    SHARES

    रूपन्देही । कपिलवस्तुमा फेला परेका थप तीन जना कोरोना संक्रमित मुम्बईबाट लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । यसअघि मुम्बईबाट आएका दुई जना संक्रमितहरुसँगै यीनीहरू लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको हाे ।

    प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार पाँचै जना यही बैशाख २४ गते राति लुकिछिपी नेपाल प्रवेश गरेको हुन् । रातको समयमा नेपाल प्रवेश गरेका उनीहरु पाँचै जना भारतको मुम्बइबाट आएकाे ट्राभल हिस्ट्रीबाट खुलेकाे उनकाे भनाइ छ।



    आज कोरोना पुष्टि भएका तीन जना र यसअघि फेला परेका दुई जना युवाहरु कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–२ अभिरावका हुन् । वडा नं. २ का वडाध्यक्ष सफरुद्दिन मुसलमानका अनुसार मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले उनीहरुलाई गाउँमा प्रवेश गर्न नदिइ बाटोमै रोकेर क्वारेन्टाइनमा पठाएका थिए ।



    कपिलवस्तुका पाँच जनासमेत गरी प्रदेश ५ मा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३० पुगेको छ । यसअघि बाँकेको नेपालगञ्जमा २४ र रुपन्देहीमा १ जनालाई कोरोना पुष्टि भएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार