Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतले नेपाली भूमि मिच्दा चीनले सगरमाथाको उचाइ नाप्यो

    भारतले नेपाली भूमि मिच्दा चीनले सगरमाथाको उचाइ नाप्यो

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 4.8K
    SHARES

    काठमाडौं। कोरोना महामारीका बेला भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि त्यसको बिरोध भएको छ।

    लकडाउनको बेला भारतले नेपाली भूमि मिचेकोमा नेपाल सरकारको मौनतालाई अर्थपूर्ण रुपमा हेरिएको छ।



    यही बेला नेपालको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न भन्दै चीन सरकारको एउटा उच्चस्तरीय टोली सगरमाथाको आधार शिविर पुगेको समाचार सार्वजनिक हुँदा समेत सरकार कानमा तेल हालेर बसेको छ।



    समाचार अनुुसार, ली गुओपेंग नामका चिनियाँ अधिकारीको नेतृत्वमा ५५ सदस्यीय प्राविधिकहरुको टोली अत्याधुनिक उपकरणहरु सहित सगरमाथाको फेदीमा पुगेका हुन ।

    उनीहरु मे ५ तारिक नै सगरमाथाको फेदीबाट चुचुरोतिर हिडेकोबारे फ्लाईओभर चाइना नामक संस्थाले सामाजिक सञ्जालमा सार्वजानिक गरेको छ। चीनले र सगरमाथाको उचाइ नाप्न टोली नै बनाई सगरमाथाको चुचुरोतिर पठाउनुले ठूलो शंका उब्जिएको छ ।

    चीनले सगरमाथाको उचाइ नाप्ने विषयमा आफूहरुलाई कुनै जानकारी नभएको नापी विभागले जनाएको छ। नापी विभागका प्रवक्ता दामोदर ढकालले चीनले सगरमाथाको उचाइ नाप्ने विषयमा विभागलाई कुनै जानकारी नभएको बताएका हुन ।

    नेपाल सरकारले गत वर्षदेखि नै एउटा बृहत प्रोजेक्ट बनाएर सगरमाथाको उचाइ नाप्ने  तयारी गरिरहेको बेला चीनले महामारीको समयमा देखाएको गलत हर्कतलाई रहस्यमय मानिएको छ।

    भारतको हेपाहा प्रबृत्तिले नेपालीहरु आजित बनेको बेला चीनले पनि उस्तै  प्रबृत्ति देखाएपछि नेपाली जनताहरु आक्रोशित बनेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार