काठमाडाैँ। नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर भुल्केका ३ महिला, कपिलवस्तुका ३ पुरुष र पर्साका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय प्रयोगशाला काठमाडौं र कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
Leave a Reply