Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कानुनको पालना सबैले गर्नुपर्छ : चिनियाँ दूतावास

    कानुनको पालना सबैले गर्नुपर्छ : चिनियाँ दूतावास

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । चिनियाँ दूतावासले सिंहदरबार अगाडि आफ्ना नागरिकको प्रदर्शनबारे नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल भइरहेको जनाएको छ ।

    प्रहरीमाथि जाइलाग्ने ४ जनाविरुद्ध मुद्दा चलाउने तयारीपछि दूतावासले शुक्रबार राती पौने ११ बजे प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाप्रति जानकार रहेको जनाएको हो ।



    चिनियाँले नेपालको कानुन पालना गर्नुपर्ने पक्षमा चीन वकालत गर्ने विज्ञप्तिमा उल्लेख छ । उचित मागबारे भने नेपाल सरकारले ध्यान दिने भन्ने विश्वास लिएको जनाइएको छ ।



    दूतावासले आफ्ना नागरिक अन्तर्राष्ट्रिय उडान लामो समय स्थगन हुँदा घर जान हतारिएको जनाएको छ । नेपालमा रहेका चिनियाँको संख्या ठूलो रहेकाले चार्टर्ड उडानमा जान नपाएकाहरू जाने प्रयत्नमा रहेका जनाइएको छ । चीनले ३ सय ४० जनालाई लगिसकेको छ।

    सीमित उडानका कारण धेरै चिनियाँ अझै नेपालमा रहेको जनाउँदै दूतावासले आफ्ना नागरिकलाई संयम हुन भनेको छ । महामारीको यो कठिन घडीमा यस्ता घटनालाई संयुक्त रूपमा सम्हाल्दै अघि बढ्ने पनि विज्ञप्तिमा उल्लेख छ । आजको अन्नपूर्ण पोष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार