Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिक विरुद्ध मुद्दा चलाइने

    प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिक विरुद्ध मुद्दा चलाइने

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 3.4K
    SHARES

    काठमाडौँ — प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । घर फिर्तीको माग गर्दै ४७ जना चिनियाँ नागरिकले सिंहदरबार अगाडि धर्ना दिएका थिए ।

    त्यसक्रममा उनीहरुले डीएसपी हरीबहादुर बस्‍नेतसहित प्रहरीमाथि हातपात गरेका थिए । हातपात गर्ने ४ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४को अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर बाँकी ४३ जनालाई रिहा गर्न लागिएको काठमाडौं प्रहरीका एसपी सोमन्द्र सिंह राठौरले बताए ।



    नेपालीस्थित चिनियाँ दूतावासले पनि प्रदर्शनमा उत्रिका आफ्‍ना नागरिकमाथि कानूनी कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको थियो । एसपी राठौरले हातपात गर्नेमाथि कानूनी कारबाही गर्न दूतावासका अधिकारीले पनि अनुरोध गरेको बताए ।



    प्रदर्शनमा उत्रिएका ४३ चिनियाँलाई रिहा गर्न अहिले प्रहरीमा विवरण रुजु हुने काम भइरहेको छ । बाँकी ४ जनालाई महानगरी प्रहरी परिसर सिंहदरबारको हिरासतमा पठाइउन लागिएको एसपी राठौरले बताए । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार