Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अन्तत: लिपुलेककाे सडककाे विषयमा नेपाल सरकारले लियाे यस्ताे एक्सन

    अन्तत: लिपुलेककाे सडककाे विषयमा नेपाल सरकारले लियाे यस्ताे एक्सन

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ — एकलौटी रुपमा भारतले नेपाली भूमिमा सडक मार्ग खोलेको विषयमा सम्पूर्ण वस्तुस्थिति बुझ्‍नका लागि नेपाल सरकारले गृहकार्य थालेको छ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक मार्ग खोलेको विषयबारे थप जानकारी लिन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताए । ज्ञवालीले सम्पूर्ण विषयको विवरण संकलन गरेर अध्ययन गर्ने र त्यसपछि सरकारले आफ्‍नो कदम चाल्न‍े कान्तिपुरलाई बताए । ‘सम्पूर्ण विवरण हेरिसकेपछि हामी थप कदम चाल्छौं’ मन्त्री ज्ञवालीले भने ।



    नेपाली पक्षसँग कुनै सल्लाह नगरी निर्माण गरिएको नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् । कान्तिपुर दैनिकबाट



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार