Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अत्यावश्यक सेवा सञ्चालन जुनसुकै समयमा गर्न दिइने

    अत्यावश्यक सेवा सञ्चालन जुनसुकै समयमा गर्न दिइने

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 2K
    SHARES

    फाइल तस्बिर

    कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश अनुसार अर्को व्यवस्था नभएसम्मका लागि जेठ ५ गते सोमबार मध्यरातसम्म जिल्लाभर अत्यावश्यक सेवा सञ्चालन गर्न सकिने छ।

    स्वास्थ्य सुरक्षा मापदण्ड पालना र सामाजिक दूरी कायम गरी पशुपन्छी माछा, कखुरा, पालन र नर्सरीबाट बिरुवा उत्पादन तथा दाना उत्पादन, फलफूल तरकारी दूध, दुग्धजन्य पदार्थ उत्पादन, सङ्कलन भण्डारण, एग्रोभेट भेटेनरी औषधि पसलको सञ्चालन, सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था, अस्पताल, नर्सिङहोम, पोलिक्लिनिक ल्याब, सबै प्रकारका खोपलगायत अत्यावश्यक सेवाको सञ्चालन जुनसुकै समयमा पनि गर्न पाइने भएको छ ।



    औषधि पसलको सञ्चालन, कृषि सामग्री, पानी, ग्यास, खाद्य सामग्री, पेट्रोलिय पदार्थ बोकेका ढुवानीका साधान, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानी साधन, बढीमा पाँच जना कामदार रहने गरी सवारीसाधन मर्मत गर्ने वर्कसप, इन्टरनेट जडान र मर्मतलगायतका कार्यसमेत गर्न पाइने भएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार