Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रहरीले गाँजा तस्करलाई संरक्षण गरेको भन्दै झडप हुँदा हवाईफायर

    प्रहरीले गाँजा तस्करलाई संरक्षण गरेको भन्दै झडप हुँदा हवाईफायर

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    चितवन । पूर्वी चितवनकाे राप्ती  नगरपालिका वडा नम्बर ५ मा शुक्रबार राती प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले दुई राउन्ड हवाईफायर गरेको छ ।

    राप्ती नगरपालिका वर्डा नम्बर ५ स्थित चौकीडाँडामा गाजा तस्करलाई प्रहरीले संरक्षण गरेको भन्दै आक्रोशित बनेका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाईफायर गर्नुपरेको प्रहरी स्रोतले  जनाएको छ ।



    स्थानीयले भने प्रहरीकै मिलेमतोमा गाँजा ओसारपसार हुने गरेको आरोप लगाएका छन् ।



    केही दिन यता नेपाल प्रहरीले गाँजा तस्करलाई संरक्षण गर्न थालेपछि शसस्त्र प्रहरीले  ठुलो परिमाणमा गाँजा बरामद गर्न थालेको छ। मकवानपुरमा तीन दिन अघि मात्र शसस्त्रको टोली ५० केजी गाँजा बरामद गरेको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार