Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रहरीलाई छल्दै क्वारेन्टाइनबाट भागे १९ भारतीय

    प्रहरीलाई छल्दै क्वारेन्टाइनबाट भागे १९ भारतीय

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2.1K
    SHARES

    राजविराज । सप्तरीमा प्रहरीलाई छल्दै क्वारेन्टाइनबाट १९ भारतीय नागरिक भागेका छन्। हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनबाट उनीहरू बुधबार राति भागेका हुन्।

    नेपालको विभिन्न भागबाट भारतको पश्चिम बंगाल र बिहार राज्यस्थित घर फर्किंदै गरेका ७२ जना भारतीयलाई १ नम्बर प्रदेशमा प्रवेश नदिइएपछि दुई सातादेखि क्वारेन्टाइनमा राखिएको छ । सबैको भोजनको खर्च तथा सुत्नेबस्ने व्यवस्था हनुमाननगर कंकालिनी नगरपालिकाले खर्च बेर्होदै आएको छ ।



    बुधबार राति एउटा कोठामा रहेका १९ जना गायब भएको सूचना क्वारेन्टाइनमा रहेका अन्यले बिहीबार बिहानमात्र थाहा पाएका थिए । गायब भएका सबैको जुत्ता, चप्पल र ब्याग कोठामै रहेको छ । उनीहरुको सामान्य ज्वरो जाँच्ने काममात्रै भएको थियो ।



    चौबीसै घण्टा प्रहरीको कडा निगरानी रहने क्वारेन्टाइनबाट उनीहरु बेपत्ता भएका हुन् । सशस्त्र र नेपाल प्रहरीले उक्त क्वारेन्टाइनमा सुरक्षा दिँदै आएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार