Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • राष्ट्रिय सभामा तीन अध्यादेश पेश

    राष्ट्रिय सभामा तीन अध्यादेश पेश

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभामा तीन अध्यादेश पेश गरिएको छ ।

    राष्ट्रिय सभाकाे बैठक सुरू भएकै दिन शुक्रबार प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र २०७७’, ‘राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७’ पेश गरे ।



    त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले बैठकमा ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ पेश गरिन् ।



    राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख २८ गते अपराह्न १ बजे बस्ने छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार