काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै डा भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।
साथै उनले सरकारको ध्यान अरुको पार्टी फुटाउने तर्फ रहेको बताए । दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको भएपनि सरकारले जनातकोलागि काम गर्न नसकेको उनको भनाइ छ।
जनता महामारीबाट पीडित रहेको बेलामा सरकार भ्रष्टाचार र अरुको पार्टी फुटाउन लागेको आरोप लगाए । उनले सरकार आफैं सांसदको अपहरणमा लागेको आरोप लगाए ।
Leave a Reply