Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अस्ट्रेलियामा किशोरीमाथि यौन दुर्व्यहारको आरोपमा एक नेपाली पक्राउ

    अस्ट्रेलियामा किशोरीमाथि यौन दुर्व्यहारको आरोपमा एक नेपाली पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2.6K
    SHARES

    सिड्नी । अस्ट्रेलियामा १८ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन्। अस्ट्रेलिया प्रहरीले नेपाली मूलका २५ वर्षीय युवकलाई वैशाख १२ गते हस्र्टभिलबाट पक्राउ गरेको थियो । उनलाई शुक्रबार दोस्रो पटक अदालतमा उपस्थित गराइएको छ ।

    गत चैत ५ गते एक १८ वर्षीया युवती जागिरको लागि अन्तर्वार्ता दिन अलावाह रेलवे स्टेशनबाट वाइड्स एभिन्यूतर्फ जाँदै थिइन् । त्यहाँ उनले एक जना (नेपाली) युवकलाई भेटिन् । उनले बसमार्फत यात्रा गर्न सुझाउँदै किशोरीमाथि यौन दुर्व्यवहार गरे । युवती त्यहाँबाट भागेर बच्न सफल भइन् ।



    त्यसपछि किशोरीले आफूमाथि यौन हिंसा भएको भन्दै प्रहरीलाई जानकारी दिइन् । युवतीको जानकारी पछि प्रहरीको ट्रान्सपोर्ट एण्ड सफ्टी कमान्डका अधिकारीले तत्काल अनुसन्धान शुरु गरे ।अनुसन्धानका क्रममा किशोरीमाथि यौन दुर्व्यवहार भएको पाइएपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार