Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना परीक्षण गराउनबाट छुटेका ५४ सांसद संसद बैठकमा भाग लिन पाउछन् की पाउँदैनन्?

    कोरोना परीक्षण गराउनबाट छुटेका ५४ सांसद संसद बैठकमा भाग लिन पाउछन् की पाउँदैनन्?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 5.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलनमा क्रममा संघीय संसदका ५४ जना सांसद छुटेका छन् । २७५ सांसद मध्ये ५४ जना सांसद कोरोना परीक्षण गराउनबाट छुटेका हुन्।

    संघीय संसदको प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् । जसमध्ये प्रतिनिधिसभाका ४ सांसद विजयकुमार गच्छदार, रेशम चौधरी, मोहम्मद अस्ताब आलम र हरिनारायण रौनियार निलम्बित छन् । राष्ट्रियसभाका ५९ मध्ये राष्ट्रपतिले नियुक्त गर्ने एक पदक खाली छ ।



    छुटेका सांसदहरु हाल काठमाडौं उपत्यकामा नरहेका र उनीहरुले अब आफैं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गई कोरोना परीक्षण गर्नुपर्नेछ ।



    संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार काठमाडौं नरहेका सांसदहरुले टेकु गएर परीक्षण गराएर रिपोर्ट लिएपछि मात्रै संसद बैठकमा सहभागिता जनाउन पाउनेछन्। संसद सचिवालयले नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बिहीबार र शुक्रबार स्वाब संकलनको व्यवस्था मिलाएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार