Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कृषि उद्योग कार्यक्रमका लागि पाँच संस्था छनोट

    कृषि उद्योग कार्यक्रमका लागि पाँच संस्था छनोट

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडाैँ। कृषिजन्य उद्योग स्थापना कार्यक्रम सञ्चालनका लागि कैलाली कञ्चनपुरका पाँचवटा संस्था छनोटमा परेका छन्। कृषि ज्ञान केन्द्रले आव २०७६/७७ को लक्षित स्वीकृत कार्यक्रम अन्तर्गत सो कार्यक्रमका लागि सहकारी तथा संस्था छनोट गरेको हो। अनुदान व्यवस्थापन तथा प्राविधिक समितिको बैठकको निर्णयअनुसार प्रस्ताव पेश गरेका र मापदण्ड पूरा गरेका कृषक समूह, सहकारी, सङ्घसंस्था छनोटमा परेको केन्द्रका कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए।

    “छनोटमा परेका कृषक समूह, सहकारी, सङ्घसंस्थालाई वैशाख मसान्तभित्र सम्झौताका लागि बोलाएका छौँ”, उनले भने। कृषिमा आधारित उद्योगको स्थापना गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको छ। छनोटमा परेकालाई उद्योग स्थापना गरी सञ्चालनका लागि लाग्ने लागतको ५० प्रतिशत रकम सञ्चालकले र ५० प्रतिशत रकम कार्यालले व्यहोर्ने छ।



    बीउ प्रशोधन, भण्डारण र प्याकेजिङ उद्योग सञ्चालनका लागि बेलौरी नगरपालिकामा रहेको सम्झौता बहुउद्देश्यी सहकारी संस्था छनोटमा परेको छ। सो उद्योग सञ्चालनका लागि ५० लाख रकम सहकारीले सोही अनुपातको रकम कार्यालयले व्यहोर्ने छ। मल तथा विषादी उद्योग स्थापनका लागि भीमदत्त नगरपालिका–५ मा रहेको दीपज्योति सहकारी संस्था छनोटमा परेको छ। जसलाई १५ लाख रकम अनुदानवापत प्रदान गरिने सम्झौता गरिएको छ।



    कृषि औजार तथा यन्त्र उत्पादन परीक्षण तथा प्रविधि विकासका लागि रुद्र टे«डिङ कन्सर्न (रुद्र कृषि औजार कारखाना) कैलाली अत्तरिया छनोटमा परेको छ। जसलाई रु २५ लाख अनुदानवापतको रकम प्रदान गरिनेछ। खाद्यान्न, फलफूल, च्याउ, आलु र तरकारी प्रशोधन तथ प्याकेजिङ उद्योगका लागि भीमदत्त नगरपालिकामा रहेको दोगडा भूमिराज फलफूल प्रशोधन उद्योग, कृष्णपुर नगरपालिका–५ मा रहेको उषा वेभरेज इन्डिस्ट्रिज छनोटमा परेका छन्।

    दुवै उद्योगलाई रु ५० लाखका दरले रकम उपलब्ध गराइनेछ। छनोटमा परेका उद्योग सञ्चालकले ५० प्रतिशत रकम व्यहोर्नु पर्नेछ। प्राङ्गारिक मल कारखाना स्थापन गरी जैविक विधिको प्रयोग गरी कृषि उत्पादन बढाउन र त्यसमै आधारित उद्योग स्थापना गरी किसानलाई उत्पादित वस्तुको बजार मूल्य प्रदान गर्नका लागि सञ्चालन गरिएका कार्यक्रमले टेवा पु¥याउने छ।
    स्थापना हुने उद्योग मापदण्डअनुरुप सञ्चालन भए÷नभएको र अनुदानको रकमको सदुपयोग भए÷नभएको बारे कडाइका साथ अनुगमनको कार्यसमेत गरिने जनाइएको छ। रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार