काटमाडाैँ। नायिका स्वस्तिमा खड्काले आफू एक अमेरिकी फिल्ममा काम गर्न लागेको खुलासा गरेकी छन्। पछिल्लो समय ‘बुलबुल’बाटै राष्ट्रिय अवार्ड समेत हात पार्न सफल नायिका स्वस्तिमा एक अमेरिकन समूहले निर्माण गर्न लागिएको अमेरिकन फिल्मको लागि अनुबन्ध भएको जानकारी दिएकी हुन्।
यस विषयमा स्वस्तिमा खड्कालाई सोध्दा उनले समाचार सत्य भएको दावी गरिन् ।तर निर्माण पक्ष, अन्य कलाकार र निर्देशकको वारेमा भन्ने कुनै जानकारी बाहिरिएको छैन । स्वस्तिमा स्वंयमले पनि विस्तारै सबै जानकारी आउने बताएकी छिन् ।
आफु अडिशन मार्फत फिल्मको मूख्य पात्रमा चयन भएको र लिखित सम्झौता भएको उनले दावी गरेकी छिन् । फिल्ममा अर्की नायिका केकी अधिकारीले पनि अभिनय गर्ने चर्चा छ । केकी र स्वस्तिमा दिदीबहिनीका रुपमा देखिने बताइएको छ ।
यद्यपि कोरोना भाइरसले संयुक्त राज्य अमेरिकामा झन् बढी प्रभाव पारेकाले फिल्म शूटिङ कहिले हुने भन्ने टुंगो छैन । फिल्ममा केही कलाकार अमेरिकाका रहने जनाइएको छ ।
Leave a Reply