Online Nepal
  • सोमबार, ९ असार २०८२
  • झोलुङ्गे पुलमा ताला लगाइएपछि…

    झोलुङ्गे पुलमा ताला लगाइएपछि…

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 2K
    SHARES

    बर्दिया । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको छ । मुख्य बाटो बन्द हुँदा बारीमा लटरम्म फलेका भिन्डी, काँक्रो, करेला, बोडीलगायत तरकारी बिक्री गर्न नपाइएको किसानको गुनासो छ ।

    याममा बजारसम्म तरकारी पु¥याउने मुख्य बाटो बन्द भएपछि तरकारी खेतबारीमै कुहिन थालेको छ. । अधिकांश गाउँमा तरकारी लटरम्म फलेका छन् । तरकारी बिक्री हुने हाट बजार पनि बन्द भएको र पुलको वरिपरि जाली बाँधेर ताला लगाइएपछि काँक्रा, फर्सी, बन्दा, काउली आदि टिपेर खेतकै गह्रागह्रामा थुपार्नुपरेको बारबर्दिया –४ का किसान फक्लबहादुर सत्गौलाले बताए।



    एक बिघा आठ कठ्ठा जमीन भाडामा लिएर बेमौसमी तरकारी खेती गर्नुभएका सत्गौलाले तरकारी बिक्री नहुँदा मारमा परेको बताए । सरकारले अत्यावश्यक वस्तुको निर्बाध आपूर्ति गर्ने व्यवस्था गरिने भने पनि झोलुङ्गे पुलमा ताला लगाइएपछि बेमौसमी तरकारी उत्पादक किसानले व्यापार गर्न पाएका छैनन् । मधुवन खुला सिमानासँंग जोडिएकाले मानिसको आवतजावत बढेको जनाउँदै गत चैत १९ गतेदेखि झोलुङ्गे पुलमा ताला लगाइएको हो । रासस

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार