Online Nepal
  • आइतबार, १ असार २०८२
  • बैठक बोलाउन नेकपामा गठन भयो ‘दबाब समुह’

    बैठक बोलाउन नेकपामा गठन भयो ‘दबाब समुह’

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपा स्थायी कमिटीको आज बसेको अनौपचारिक बैठकले ‘दबाब समुह’ गठन गरेको छ । यो समुहले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई औपचारिक बैठक बोलाउँन दबाब दिने बताईएको छ । दबाब समुहमा रहेका नेताले अध्यक्षद्धयलाई भेटेर बैठक बोलाउँने बिषयमा छलफलका साथै दबाव दिने तयारी गरेका छन्।

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले चार सदस्यीय दबाब समुह गठन गरिएकाे हाे। प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष दाहालले हिजो साझ छलफल गर्दै पुर्व निर्धारित आजको स्थायी कमिटी बैठक स्थगित गर्ने निर्देशन दिएका थिए । तर उनीहरुको निर्देशन विपरित १८ स्थायी कमिटी सदस्यहरुले अनौपचारिक बैठक गर्दै तत्काल बैठक बोलाउँनुपर्ने निर्णय गरेको छ ।



    स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गर्न हिजो बसेको बैठक बिना निष्कर्ष सकिए पछि स्थायी कमिटीको बैठक समेत अनिश्चित भएको छ । २० स्थायी कमिटी सदस्यहरुले यस अघि नै स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्धय ओली र दाहाललाई लिखित रुपमै पत्र पठाएका थिए । त्यसपछि २० बैशाखको सचिवालय बैठकले स्थायी कमिटी बैठक आजको लागि तोकेको थियो । तर बैठक बस्नुभन्दा एक दिन अघि स्थागित गर्ने निर्णय गरेपछि कमिटीका सदस्यहरु आक्रोशित छन् ।

    दबाब समुहमा स्थायी कमिटीका सदस्यहरु भीम रावल, देव गुरुङ्ग, जनार्दन शर्मा, रघुजी पन्त सदस्य रहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार