Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सीमा क्षेत्रमा प्रहरीले खाेल्याे फायर

    सीमा क्षेत्रमा प्रहरीले खाेल्याे फायर

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 1.8K
    SHARES

    वीरगञ्ज । लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

    भारतको बिहार राज्य अन्तर्गत पर्ने हनुमाननगर गाउँबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई नियन्त्रणमा लिएको थियो । नेपाली सुरक्षाकर्मीलाई भारतीयले आक्रमण गर्न खोजेपछि नेपालीहरु पनि प्रतिकारका लागि पुगेका थिए । दुवै देशका सुरक्षाकर्मीहरुले उनीहरुलाई सम्झाई बुझाई गरेर घर फर्काएका छन् ।



    गाडी प्रवेश गर्न नपाएपछि करिब डेढ सयको संख्यामा भारतीय नागरिक सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा गर्न आएका थिए ।



    लकडाउनयता मात्रै भारतीय नागरिकले नेपाल प्रवेश गर्न खोज्दा ११ चेक प्वाइन्टमा आक्रमण गरेका छन् । सीमानाकाबाट आवतजावत गर्न माग गर्दै सप्तरी, सिरहा, झापा, मोरङ, सर्लाही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण र दुर्व्यवहार गरिएको छ ।
    मंगलबारमात्रै सरकारले सीमाबाट ५ किमिभित्र सेनाको गस्ती परिचालन गर्ने निर्णय गरिसकेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार