Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • ‘स्थगित स्थायी कमिटी बैठक एक-दुई दिनमै’

    ‘स्थगित स्थायी कमिटी बैठक एक-दुई दिनमै’

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले स्थगित स्थायी कमिटी बैठक एक-दुई दिनमै बोलाउने बताएका छन् । उनले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल सकिएपछि दुई दिनभित्र स्थायी कमिटीको बैठक बोलाउने बताए।

    आन्तरिक गृहकार्य नपुगेकाले बिहीबारका लागि बोलाइएको पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको उनले बताए ।



    संसद भवनमा प्रतिक्रिया दिँदै उनले भने, ‘आन्तरिक गृहकार्य नपुगेर बैठक बस्न सकेन । अलि गृहकार्य नपुगेकै हो । दुवै अध्यक्षले बैठक एक दुई दिनभित्र बोलाउँछौं ।’

    स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न बुधबार प्रधानमन्त्री निवासमा बसेको पार्टीको सचिवलाय बैठकले एजेन्डा तय गर्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार