Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

    जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । आगामी वर्षको नीति तथा कार्यक्रम प्रिबजेट छलफलपछि संसद्‍मा प्रस्तुत हुने भएको छ । जेठ २ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएको छ ।

    नीति तथा कार्यक्रम पछि प्रिबजेट छलफल गर्ने परम्परा भएपनि कोरोना प्रकोपका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रमलाई पछाडि धकेलिएको हो । संसद अधिवेशन वैशाख २६ गते ४ बजेका लागि आह्वान गरिएको छ ।



    नीति तथा कार्यक्रम सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन् । संसद् सचिवालयका सहप्रवक्ता तथा सूचना अधिकारी दशरथ धमलाले नीति तथा कार्यक्रम जेठ २ गते प्रस्ततु हुने बताए । उनका अनुसार प्रतिनिधिसभामा प्रिबजेट छलफल वैशाख २८, २९ र ३० गते हुनेछ । राष्ट्रियसभामा भने २८ र २९ गते मात्रै प्रिबजेट छलफल गर्ने गरी तयारी भइरहेको छ ।



    संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेस गर्नुपर्ने र त्यसको १५ दिन पहिले नै प्रिबजेट छलफल गरिसक्नुपर्ने हुन्छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मितिलगायतका विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार छलफल गरेको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार