Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संसद प्रवेश गर्न कोरोना रिपोर्ट अनिवार्य रूपमा देखाउनु पर्ने

    संसद प्रवेश गर्न कोरोना रिपोर्ट अनिवार्य रूपमा देखाउनु पर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संघीय संसदका सदस्यले संसद बैठकभित्र प्रवेश गर्नुअघि कोरोना परीक्षणको रिपोर्ट देखाउनु पर्ने निर्णय गरिएकाे छ ।

    सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पिसिआर परीक्षणको रिपोर्ट देखाएर मात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो।



    संघीय संसदका दुवै सदनका सांसदहरुको परीक्षण भइरहेको छ । बिहीबार पिसिआर परीक्षण भएका सांसदहरुको रिपोर्ट ढिलोमा शुक्रबार बिहानसम्म आइसक्ने र सो रिपोर्ट देखाएर मात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने सहमति भएको छ ।



    कोरोना रिपोर्ट नेगेटिभ आएका सांसदलाई मात्र प्रवेश दिइनेछ भने पोजेटिभ आएमा उनीहरुलाई संसदमा प्रवेश निषेध गरिने भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार