Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • ‘कोरोनाभाइरस महामारी यो वर्षभर रहन्छ’

    ‘कोरोनाभाइरस महामारी यो वर्षभर रहन्छ’

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 2K
    SHARES

    एजेन्सी । जर्मन चान्सलर एन्जेला मर्केलका प्रमुख सल्लाहकारले कोरोनाभाइरस महामारी पूरै वर्ष रहने र यसले प्रभाव निकै गहिरो बनाउने बताएका छन् । हेल्ज ब्रोनको यो अभिव्यक्ति एक जर्मन रेडियोमा आएपछि जर्मनहरु थप त्रसित भएको समाचार बिबिसीमा प्रकाशित छ ।

    ‘हामी महामारीपछिको अवस्थामा अहिले छैनौँ,’ उनले भनेका छन्, ‘हामी त यसको बीचको अवस्थामा छौँ, जुन अब यो वर्षभर रहनेछ ।’



    उनको यो अभिव्यक्ति आउनुभन्दा एक दिन पहिले मात्र जर्मनीमा चान्सलर मर्केलले लकडाउनलाई खुकुलो बनाएको घोषणा गरेकी थिइन् । उनले महामारीको सुरुवातमा रोकिएको बुन्डेसलिगा लिग पनि अब सुरु हुने बताएकी थिइन् ।



    तर, जर्मनीले फेरि देशमा कोरोनाभाइरस संक्रमित बढेको खण्डमा लकडाउन लगाउने बताएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार