Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रोकिएन भारतीयको दादागिरी, सशस्त्र प्रहरीद्वारा बारामा हवाई फायर

    रोकिएन भारतीयको दादागिरी, सशस्त्र प्रहरीद्वारा बारामा हवाई फायर

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 4.5K
    SHARES

    काठमाडौं। बाराको कबहीगोठस्थित नेपाल–भारत सीमा भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ।

    भारतीय पक्षले देखाएको दादागिरीलाई हवाई फायर गरी भीडलाई तितरबितर पारिएको छ ।



    गाडी प्रवेश गर्न नपाएपछि करिब डेढ सयको संख्यामा भारतीय नागरिक सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा गर्न आएका थिए । त्यही क्रममा सशस्त्रले हवाई फायर गरी भीडलाई भारततफै फर्काएको हो ।



    लकडाउनयता मात्रै भारतीय नागरिकले नेपाल प्रवेश गर्न खोज्दा ११ चेक प्वाइन्टमा आक्रमण गरेका छन् । सीमानाकाबाट आवतजावत गर्न माग गर्दै सप्तरी, सिरहा, झापा, मोरङ, सर्लाही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण र दुर्व्यवहार गरिएको छ ।
    मंगलबारमात्रै सरकारले सीमाबाट ५ किमिभित्र सेनाको गस्ती परिचालन गर्ने निर्णय गरिसकेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार