एजेन्सी। कोरोना भाइरस माथि अनुसन्धान गरिरहेका एक चिनियाँ मूलका वैज्ञानिकको अमेरिकामा हत्या भएको छ । अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयमा पढाउने एक चिनियाँ वैज्ञानिकको गोली प्रहार गरेर हत्या गरिएको हाे ।
ती ३७ वर्षीय अनुसन्धानकर्ताको नाम विहग ली को । उनी शनिवार आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । उनी युनिभर्सिटी अफ पिटर वर्गको स्कुल अफ मेडिसिनमा असिस्टेन्ट प्रोफेसरका रूपमा कार्यरत थिए ।
उनले कोभिड–१९ को अनुसन्धानको क्रममा निकै महत्त्वपूर्ण तथ्य पत्ता लगाउनै लागेका बेलामा गोली हानेर हत्या गरिएको हो ।
बिङ लिउ नामक ती रिसर्च असिस्टेन्ट प्रोफेसरलाई शनिबार उनकै सहरमा टाउको, घाँटी, कम्मर र हातमा गोली हानिएको प्रहरी विभागले जानकारी दिएको छ । पहिचान नखुलेका एक व्यक्ति आफ्नो गाडीमा मृत अवस्थामा फेला परेका थिए । उनैले लिउको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।
पिट्सबर्ग विश्वविद्यालयले बिङ लिउको मृत्युबाट गहिरो धक्का लागेको र उनी प्रतिभाशाली अनुसन्धाता तथा सहकर्मी भएको बताएको छ ।
चिनियाँ सामाजिक सञ्जालमा अहिले उनको हत्याबारे गर्मा गर्मी बहस सुरू भएकाे छ । उनी कोरोना भाइरस अमेरिकाको ल्याबमा निर्माण भएको भन्ने प्रमाणको नजिक पुगेको चिनियाँहरूको अनुमान छ । यसअघि नै चीनले कोरोना भाइरस अमेरिकामा निर्माण गरिएको र अमेरिकी सेना मार्फत वुहान पुगेको आरोप लगाउँदै आएका थिए ।
सामाजिक सञ्जाल वीबोका एक यूज़र्सले लेखेका छन्, ‘यो कुनै सामान्य घटना होइन । र संयोग पनि होइन । धेरै रहस्य अझै गर्भमा नै लुकेर बसेका छन् ।’ कतिपयले उनी चिनियाँ नागरिक भएकाले पनि अमेरिकाले मारेको आरोप लगाएका छन् ।
Leave a Reply