नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशको विशाखापटनममा केमिकल प्लान्टमा ग्यास चुहावट हुँदा आठ जनाको मृत्यु भएको छ ।
तीन जनाको मृत्यु प्लान्टनजिकै र पाँचजनाको मृत्यु किङ जर्ज अस्पतालमा उपचारका क्रममा भएको विजागका पुलिस कमिसनर आरके मीनाले बताए।
केमिकल प्लान्टमा ग्यास लिक भएपछि प्रहरीले आसपासका पाँच गाउँ खाली गराएको छ । उनीहरूले मेघाद्र्री गेड्डा र अन्य सुरक्षित स्थानमा राखिएको छ । गाउँलेहरूमा आँखामा जलन हुने र श्वास फेर्न असहज हुने समस्या भएको छ ।
जिल्ला अधिकारी विनय चाँदले दुर्घटनाका कारण दुई सय मानिस बिरामी भएका बताएका छन् । उनीहरूको उपचार भइरहेको बताइएको छ । केमिकल प्लान्टमा ग्यास लिक हुनुको कारण पत्ता लाग्न सकेको छैन । बीबीसी
Leave a Reply