Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ल्होत्से हलमा सांसदहरुको कोरोना परीक्षण

    ल्होत्से हलमा सांसदहरुको कोरोना परीक्षण

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षण शुरु भएको छ।   प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण सुरु भएको हो ।रा ष्ट्रियसभाका सांसदहरुको बिहीबार बिहान १० बजेदेखि र प्रतिनिधिसभाका सांसदको ११ बजेदेखि स्वाब संकलन भइरहेको हो।

    संघीय संसदको बर्षे अधिवेशन सुरु हुनुअघि सबै सांसदको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने निर्णयअनुसार स्वाब संकलन गरिएको हो। भोली बर्षे अधिवेसन सुरु हुँदै छ।



    त्यस्तै व्यवस्थापिका संसदमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, पत्रकार‍लगायतको पनि स्वाब संकलन गरिने भएको छ। परीक्षणका लागि सासंद तथा मन्त्रीहरु बानेश्वरस्थित संसद भवन पुगेका छन्।



    विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बैठक बस्ने तयारी गरिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार