Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काठमाडाैंमै घरेलु कामदारमाथि बलात्कार, एक भारतीय पक्राउ

    काठमाडाैंमै घरेलु कामदारमाथि बलात्कार, एक भारतीय पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । काठमाडाैंमा घरेलु कामदारलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले ४६ वर्षीय रमाकान्त सरावगीलाई जैसीदेवलबाट पक्राउ गरेको हो ।

    बाग्लुङकी १८ वर्षीया बलात्कृत किशोरीकाे जाहेरीपछि सरावगीलाई पक्राउ गरिएको महानगरीय परिसर काठमाडाैँका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । प्रहरीका अनुसार पीडित किशोरीलाई सरावगीले कुकुरको स्याहारका लागि गत फागुनमा घरेलु मजदुरका रूपमा राखेका थजैसीदेवलमा बस्ने उनले किशोरीलाई मासिक आठ हजार रुपैयाँ दिने प्रलोभन दिएका थिए ।



    काममा राखेको तीन दिनपछि नै सरावगीले आफूमाथि यौन शोषण सुरु गरेको उनले प्रहरीलाई बयान दिएकी छिन् । अचानक काम छाडेर उनी फर्केपछि परिवारले उनीसँग सोधपुछ गरेका थिए । उनले काममा लगाउने सरावगीबाट आफू पटकपटक बलात्कार भएको तथ्य खोलेपछि धर्मदाजुका परिवारले प्रहरीमा जाहेरी दिन सुझाब दिएका थिए । बलात्कार आरोपी सरावगीलाई अहिले काठमाडौं प्रहरी परिसरको हिरासत कक्षमा राखिएको छ । किशाेरीकाे घरको आर्थिक अवस्था कमजोर भएका छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार