Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • चितवनमा घाईते बाघको उद्धार गरी सेनाद्वारा उपचार

    चितवनमा घाईते बाघको उद्धार गरी सेनाद्वारा उपचार

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 3K
    SHARES

    चितवन । चितवन  राष्ट्रिय निकुञ्जमा घाईते बाघको उद्धार गरिएको छ । विगत १५ दिनदेखि निकुञ्ज मुख्यालय बरिपरि घुमिरहेको बाघको नेपाली सेनाको बटुक दल गणले घाईते देखिपछि सेनाकै पहलमा उद्धार गरिएको थियो ।

    सेनाको गस्ती टोलीले बाघको घाईते पहिचान गरेपछि उद्धार गरिएको हो । अन्दाजी ८ ९ बर्षको पोथी बाघको अगाडीको दाहिने खुटा भाचिएर र ठाउँ ठाँउमा चोट देखेपछि २३ गते उद्धार गरिएको निकुञ्जको सुरक्षार्थ खटिएको बटुक दल गणका गणपति अरुण श्रेष्ठले जानकारी दिए । बाघ जुधेर घाईते भएको हुन सक्ने निकुञ्ज अनुमान छ ।



    राष्ट्रिय प्रकृति संरक्षण कोष ,जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक र चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक, सेनाको एक टोलीहरुको नेतृत्वमा बाघ उद्धार गरेर बाघको निकुञ्जको ईनकोलोजर खोरमा उपचार भईरहेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार