Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • महाकाली तरेर फेरि भित्रिए ६ नेपाली

    महाकाली तरेर फेरि भित्रिए ६ नेपाली

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 2.9K
    SHARES

    फाइल : तस्बिर

    दार्चुला । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड‐१९ कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण भारतका विभिन्न ठाउँमा आएर बाटोमै अलपत्र परेका नेपालीहरु दैनिक जसो महाकाली नदि तरेर नेपाल आउने क्रम जारी छ ।

    भारतमा मजदुरी गरेर नेपालको दार्चुला, बैतडी, बझाङ, बाजुरा ,डडेल्धुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर, बाके,सुर्खेत,कालिकोट र बर्दियाका नेपालीहरु दार्चुलाको नाका हुँदै नेपाल भित्रिरहेका छन्।



    सवारीका साधन बन्द भएपछि पैदल हिडेरै दार्चुलाको नाकामा पुगेका उनीहरुलाई पुलमार्फत प्रवेश नदिएपछि कोही महाकाली नदिमा पौडेर नेपाल प्रवेश गरिरहेका भने कसैलाई भारतीयले ट्युबमार्फत नदी तारी नेपाल प्रवेश गराइरहेका छन् ।



    साेही क्रममा लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली बुधबार महाकली नदी तरेर फेरि नेपाल भत्रिएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर भित्रिएका हुन् ।

    डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका–३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका–५ का कृष्ण ओड ट्युब तरेर भित्रिएका हुन् ।

    नौगाड गाउँपालिकाका पाँच जना दत्तुनाका भएर ट्युबमार्फत नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले बताए । उनीहरु ट्युबमार्फत नेपाल फर्किएका छन् । यस्तै महाकाली नगरपालिका–५ का ओड भने किम्तडीमै पौडी खेलेर फर्किएका छन् ।

    लकडाउनका कारण काम बन्द भएपछि अहिले घर फर्किएको नौगाड–३ का वीरेन्द्र ठगुन्नाले बताए । नेपाल–भारत दुवै देशको सहमतिमा वैशाख १८ गते दार्चुलाका दुई नाका र बैतडीका एक नाकाबाट दुई हजार ६ सय बढी नेपाली स्वदेश फर्किएका थिए तर अहिले पनि भारतको पिथौरागढलगायतका क्षेत्रमा काम गर्ने नेपाली महाकाली तरेर आउन रोकिएका छैनन् ।

    उनीहरुले ट्युब तरेवापत प्रतिव्यक्ति एक हजार ६ सय तिरेका छन् । बालुवाकोट पुग्नेबित्तिकै ट्युब चालकल प्रतिव्यक्ति एक हजार भारु मागेपछि सोही अनुसार नदी तरेर आएको स्थानीय दीपक ठगुन्नाले बताए । उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी छ ।

    यसअघि शनिबार मात्रै महाकाली नदी तरेर शिवनाथ गाउँपालिकाका १० भन्दा बढी नागरिक भित्रिएका थिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार