Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • कोरोना अपडेट : विश्वभर २ लाख ६५ हजारको मृत्यु, संक्रमित ३८ लाखभन्दा बढी

    कोरोना अपडेट : विश्वभर २ लाख ६५ हजारको मृत्यु, संक्रमित ३८ लाखभन्दा बढी

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार ५१ पुगेको छ । कोरोना भाइरसका कारण युरोपियन मुलुकहरुमा १ लाख ४६ हजार ६३१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख २४ हजार ९०४ पुगेको छ ।

    उत्तर अमेरिकी मुलुकहरुमा ८२ हजार ६४० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १३ लाख ७७ हजार ९४९ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २० हजार ८०७ जनाको मृत्यु भएको छ । ६ लाख ३ हजार ७१ जना संक्रमित छन् ।



    दक्षिण अमेरिकी मुलुकहरुमा १२ हजार ८२५ जनाको मृत्यु भएको छ । २ लाख ५४ हजार ७२ जना संक्रमित छन् । अफ्रिकी मुलुकहरुमा २ हजार १५ जनाको ज्यान गएको छ भने ५२ हजार ७१३ जना संक्रमित छन् ।



    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ४८७ पुगेको छ । सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा ७४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ५२८ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७४ हजार ७९९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार ४५९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ६३ हजार ९२ पुगेको छ ।

    कोरोना भाइरसको संक्रमणले अमेरिकापछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा थप ६४९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० हजार ७६ पुगेको छ । मृतकको यो संख्या युरोपकै सबैभन्दा धेरै हो ।

    कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३६९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २९ हजार ६८४ पुगेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १४ हजार ५७ पुगेको छ ।

    स्पेनमा एकै दिन ३ हजार १२१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमितको संख्या घट्दो क्रममा रहेको स्पनेमा फेरि ३ हजारभन्दा बढी संक्रमित देखिएका हुन् ।

    योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसले त्यहाँ २४४ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या २५ हजार ८५७ पुगेको छ ।

    फ्रान्समा फेरि कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । एक सातायता संक्रमणको दर घटिरहेको फ्रान्समा फेरि संक्रमितको संख्या ३ हजार ६ सय नाघेको छ ।

    पछिल्लो २४ घण्टामा फ्रान्समा ३ हजार ६४० जना संक्रमित भएका छन् भने २७८ जनाको मृत्यु भएको छ । योसँगै कुल संक्रमितको संख्या १ लाख ७४ हजार १९१ पुगेको छ । संक्रमणले मृत्यु हुनेको संख्या २५ हजार ८०९ पुगेको छ ।

    कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७ सय नाघेको छ । त्यहाँ एकै दिन ८२ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतकको संख्या १ हजार ७८५ पुगेको हो । भारतमा एकैदिन थप ३ हजार ५८७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५२ हजार ९८७ पुगेको छ ।

    विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट ३८ लाख २१ हजार ९१७ जना संक्रमित छन् । संक्रमितमध्ये १३ लाख १ हजार ७२५ जना उपचारपछि घर फर्किएका छन् । २२ लाख ५५ हजार १४१ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार २११ जनाको अवस्था गम्भीर छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार